इलाम-२ मा नेकपा एसबाट तीन जनाको नाम सिफारिस

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

इलाम। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले इलाम क्षेत्र- २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीनजनाको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए।

इलाम क्षेत्र नम्बर- २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्