प्रदेशमा पनि नयाँ गठबन्धनलाई साथ दिने नाउपाको निर्णय

Ranjita_Shreshtha
लोकपाटी न्यूज
0 Shares

टीकापुर। नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि सत्ता गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेशसभा सदस्यहरूको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

‘सुदूरपश्चिम प्रदेशसभामा कमलबहादुर शाहको सरकारलाई समर्थन दिँदा पनि बहुमत पुगाउन नसकिने देखियो’ पार्टीको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले भने, ‘संघीय सरकारमा विश्वासको मत दिएर पनि बाहिर रहनु पर्ने र अन्य प्रदेशमा पनि सरकारमा सहभागी हुन कठिन हुने भएकाले यस्तो निर्णय लिइएको हो।’

उनले पार्टीमा दुई धार देखिए पनि अहिले नागरिक उन्मुक्तिले पार्टीको हित र जनताको हितमा काम गर्न नयाँ गठबन्धनमा जानु उपयुक्त भएको ठहर गरेको बताए। निर्वाचन आयोगले अध्यक्षमा मान्यता नदिएपछि चिढिएका नाउपाका संरक्षक रेशम चौधरी फागुन २१ मा आएको फेरबदलपछि बनेको नयाँ सत्ता गठबन्धनमा सामेल हुन नहुने पक्षमा छन्।

अहिले उनी जापान भ्रमणमा छन्। यसअघि उनले सुदूरपश्चिममा शाह नेतृत्वको सरकारलाई समर्थन रहने भन्दै पाँच जनालाई मन्त्री नियुक्त गराएका थिए। नागरिक उन्मुक्ति पार्टीमा २१ संस्थापक केन्द्रीय सदस्य छन्। तीमध्ये १२ जना मात्रै बैठकमा सहभागी थिए। यस्तै, सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ सांसदमध्ये पूर्वराजयमन्त्री कैलाश चौधरी, बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी बैठकमा सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्