यसवर्षको एसईई आजबाट सुरु

see student
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ। पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन्। देशभर दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्