काँग्रेस महामन्त्री थापाले पुनः सुरु गरे ‘संवाद यात्रा’

Gagan_Thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेस महामन्त्री गगन थापाले बिहीबारबाट “संवाद यात्रा” थाल्ने भएका छन्। माघ गते १३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट थापाले पुनः सुरु गरेका हुन्।

संवाद यात्रा काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको थियो। स्थानीय चोकमा रहेको जननायक बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर सुरु भएको संवाद यात्राका क्रममा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा जाने थापाको तयारी छ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने दाबी गरेका छन्। संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले बैतडी जिल्लाको झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ पाँचथरको चिवाभन्ज्याङ (१८७९ किलोमिटर) पूरा गरेको थियो।

मंसिर १४ गते झुलाघाटमा यात्राको शुभारम्भ गर्दा राष्ट्रिय झण्डा फहराएर सुरु भएको एमाले संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङमा समापन गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेरै यात्राको समापन गरेका थिए। ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ एमालेले पूरा गरे लगत्तै पौषमा काँग्रेसले ‘समुदायमा काँग्रेस’अभियान सुरु गरेको थियो।