नेपाल ‘ए’ लाई २ सय २३ रनको लक्ष्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको जारी खेलमा आयरल्यान्डले नेपाललाई २ सय २३ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यन्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो।आयरल्यान्डका लागि पिटर मोरले ४९ रन बनाउँदा क्याडी कारमिकलले ३८ रन तथा स्टेफन डोहेनीले ३४ रन बनाए।

त्यस्तै कप्तान निल रकले ३८ रन बनाउँदा ग्यारेथ डेलानी १४ बलमा ३० रन बनाउँदै अविजित रहे। त्यस्तै गाभिन होनीले ६ बलमा १८ रन बनाएर अविजित फर्किए। बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्