फेरि खलनायकको भूमिकामा बबी देओल

Babi_Dewal
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। बलिउड अभिनेता बबी देओल फेरि खलनायकको भूमिका देखिने भएका छन्। बलिउडको प्रसिद्ध चलचित्र निर्माण कम्पनी यशराज प्रोडक्सनको आगामी ‘स्पाई युनिभर्स’ चलचित्रमा उनी पुनः खलनायकको भूमिका देखिने भएका हुन्।

यसअघि सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा निर्वाह गरेको दमदार खलनायक चरित्रले देओलको डुब्न लागेको फिल्म करिअरलाई उचाइमा पुर्‍याएको थियो। अब देओल आलिया भट्ट र शर्वरी वाघको शीर्ष भूमिका हुने एक्सन-थ्रिलर-स्पिनअफमा खलनायक चरित्रमा देखिने छन्।

एनिमलको सफलतापछि बबीलाई खलनायकको भूमिका अफर भइरहेका छन्। यो वर्षको अन्त्यतिर यसको छायांकन सुरु हुनेछ। यो चलचित्रमा बबी विशेष लुक्समा देखिने भारतीय मिडियाहरूले लेखेका छन्। यो चलचित्रलाई शिव रवैलले निर्देशन गर्नेछन्, जसले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन्। शिव रवैल आदित्य चोपडाका सहायक निर्देशक समेत रहेका छन्।

यशराज प्रोडक्सनले सलमान खान स्टार चलचित्र ‘एक था टाइगर’ बाट ‘स्पाई युनिभर्स’को सुरुवात गरेको थियो, त्यस बेलादेखि अहिलेसम्म यसमा‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता चलचित्रहरू समावेश छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्