बागमती प्रदेशसभा बैठक चैत १९ मा

bagmati
लोकपाटी न्यूज
0 Shares

मकवानपुर। बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए। प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन्। कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ।

एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ (उपसभामुखसहित), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन्। यसैगरी प्रदेशसभामा नेपाली काँग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित) र नेमकिपाको तीन सदस्य रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्