रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन्।

नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौंमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रममा उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताएका हुन्।

कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताए। विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका रानाथारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौंमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उनले सो कार्यको प्रशंसा गरे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्