बालुवाटारमा गठबन्धनको बैठक जारी

Baluwatar-
प्रधानमन्त्री निवास बालुवाटार : फाइल फोटो
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो।

बैठकमा संसद्को अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल भइरहेको बुझिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

आइतबार बिहान बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ।