प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेका अनुसार १० दिनभित्र प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी दिन सकिनेछ। यसअघि आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सचिव रायलाई सिफारिस गर्ने निर्णय गरेको थियो। महालेखापरीक्षक २०८० जेठ ७ गतेदेखि रिक्त छ।

प्रशासनिक पृष्ठभूमि भएका राय हाल प्रमुख तथ्याकं अधिकारीका रूपमा कार्यरत छन्। रायले प्रदेश सचिवमा एक वर्ष, अख्तियारमा २१ महिना, वाणिज्य सचिवमा चार महिना तथा अर्थ मन्त्रालयमा चार महिना काम गरिसकेका छन्। उपराष्ट्रपति कार्यालयमा तीन महिना काम गरेका राय पछिल्लो एक वर्षदेखि तथ्यांक विभागमा थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्