सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड : तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ। चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज (सोमबार)  फेरी नयाँ रेकर्ड कायम गरेको हो।

आज सुनको भाउ १ लाख ३१ हजार ६ सय रुपैयाँ तोकिएको छ। सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्