रुसी सेनामा कार्यरत नेपालीका परिवारद्वारा सिंहदरबारअघि प्रदर्शन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रुसी सेनामा कार्यरत नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही जनालाई प्रहरीले पक्राउ गरेको रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन अभियान चलाएकी कृतु भण्डारीले जानकारी दिइन्। रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

उनीहरूले रुसी सेनामा भएका नेपालीलाई सकुशल उद्धार गरी स्वदेश फिर्तालगायत ११ बुँदे माग राखेका छन्। गिरफ्तार गरिएका उनीहरूलाई सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादव, चादनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्तीमगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई, मीनबहादुर दाहाल लगायत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्