एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा विष्ट निर्वाचित

Bista
लोकपाटी न्यूज
0 Shares

लमजुङ। नेकपा एमालेकाे जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन्। कमिटीको नवौं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतान्तरले पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित बनेका हुन्।

पार्टीको सोमबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दुई सय ८८ मत प्राप्त गरेर विष्ट अध्यक्षमा निर्वाचित भएका हुन भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद अधिकारीले एक सय ९९ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा दुई सय ४२ मत ल्याएर जितबहादुर गुरुङ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुभाष पौडेलले दुई सय ३७ मत पाएका थिए। सचिवमा राजेन्द्र बोहरा तीन सय ५८ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिस्पर्धी जनकराज मिश्रले एक सय १९ मत पाएका छन्।

उपसचिवमा विवश बुढाथोकी विजयी भएका छन्। उनले तीन सय ४९ मत ल्याए भने प्रतिस्पर्धी राजेन्द्र अधिकारीले एक सय २९ मत पाए। उपसचिव महिलामा राममाया रानामगर निर्विरोध निर्वाचित भएकी छन्।