आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

महाशाखाकाअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, बाग्मती, गण्डकी र कर्णालीप्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोबिन्द झाले जानकारी दिए।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा सामान्य भन्दा अलि धेरै हावाहुरीको सम्भावना रहेको पनि उनले बताए। नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्