आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्यले रेकर्ड बनाउँदै प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्