हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्य हुनुपर्छ : सांसद झा

Manish_Jha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गएको बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले फिल्मी तरिकाले हल्दी, मेहन्दीलगात बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता व्यक्त गरे।

सांसद झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरुमा क्षति र्पुयाउने गरेको बताए।

उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्