कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

RajKumar_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधवार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएको थियो। सोही सहमतिबमोजिम आफूले राजीनामा दिने शर्माले घोषणा गरे।

केन्द्रमा भएको सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न मानेका थिएनन्। लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन्। मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधवार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए।

शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्