गायक राजेशपायल राई पक्राउ

Rajesh_Payal_Rai
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गायक राजेशपायल राई पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान २ बजे काठमाडौंको अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो।

मदिरा पिएर राईसहित ८ जनाले होहल्ला गरेपछि प्रहरीले त्यसो नगर्न अनुरोध गरेको थियो। तर त्यसलाई बेवास्ता गरेपछि प्रहरीले उनीसहित ८ जनालाई नियन्त्रणमा लिएको हो। गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्