जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेको छ। पार्टी कार्यालय बालकुमारीमा आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी हसिना खानलाई समानुपातिक सांसद सिफारिस गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले खानलाई सिफारिस गरेको हो। २०७९ को निर्वाचनमा मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको २०७९ साल फागुन १३ गते निधन भएपछि जसपाले अन्सारीलाई पठाएको थियो।

उनको पनि चैत्र ४ गते निधन भएपछि सो स्थान रिक्त थियो। जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा हसिना थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्