गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनको श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनी विरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो। ओडमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।

उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको थियो। श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ओड गायन रियालिटी शो ‘नेपाल आइडल सिजन- २’ का विजेता पनि हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्