रङ्गकर्मी अनुरागको ‘भाग्य लक्ष्मी’ प्रसारण सुरु

vagge laxmi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रङ्गकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरु भएको छ। पारिवारिक तथा सामाजिक विषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृङ्खला २२ चैत्रबाट प्रसारण सुरु भएको छ।

यो टेलिचलचित्र हरेक बिहीबार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७:३० बजे युट्युब च्यानल मी टिभी साथै ८:०० बजे युट्युब च्यानल ई एच डिजिटलबाट प्रसारण हुने निर्देशक अनुरागले जानकारी दिए।

टेलिचलचित्रमा राम बाबु रेग्मी , अस्मिता बस्नेत, सन्तोष सिवाकोटी, इच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल, सन्तोष थापा, सुमन विष्ट , नवराज पनेरू, सिर्जना भुजेल, लगायतका कलाकारको अभिनय छ।

इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कश्यप घिमिरे छायाङ्कन तथा क्यामरुन मियाँको सम्पादन रहेको छ। शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी’ मा निदेश अधिकारी निर्माता हुन भने उक्त टेलिचलचित्र मी टिभीको प्रस्तुति रहेको छ। निर्देशक अनुरागको अर्को टेलिचलचित्र ‘खहरे घाट’ सोही नेपाल टेलिभिजनमै शनिवार राती ९:३० बजे प्रशासन हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्