राष्ट्रपति पौडेल तनहुँमा

Ramchandra_Paudel
लोकपाटी न्यूज
0 Shares

दमौली। राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आइपुगेका छन्। तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुगेका हुन्।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ। कार्यक्रम उद्घाटन अगाडि भिमाद बजारमा विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ।

विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो। क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन्। अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ।