उपनिर्वाचन : इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ। शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिएका हुन्।

उपनिर्वाचनका लागि इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ। त्यस्तै बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्