एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

uml-pandey
लोकपाटी न्यूज
0 Shares

बारा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। एमाले बारा जिल्ला कमिटीको ११औं अधिवेशन अन्तर्गत भएको मतदानमा पाण्डेय ३ सय ७७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

उनका प्रतिष्पर्धी टिना सुवेदीलाई ३ सय ४३ मत प्राप्त गरिन्। यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भए।