सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज (आइतबार)  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार ६ सय रूपैयाँ बढी हो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मुल्य प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्