उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आज

Election Commission
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेश-१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ। आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ।

उपनिर्वाचनका लागि इलाम-२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन्। उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ। आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्