स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन सकिएको छैन : मन्त्री यादव

Upendra Yadav
लोकपाटी न्यूज
0 Shares

चितवन। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्। भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले जनताले अपेक्षा गरे अनुसार सबै पूरा गर्न नसकेको बताए। स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए। जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको उल्लेख गरे।