आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज सोमबार पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्