ज्ञानेन्द्रसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

RPP-jhadap
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको हो।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। झडपका क्रममा प्रहरीले पानीको फोहाेरा हान्नुका साथै लाठी चार्ज गरेको छ। प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्