प्रतिनिधि सभा बैठक स्थगित

Congress-samsad-abarodh-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेस र राप्रपाको अवरोध भएपछि प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मको लागि स्थगित भएको छ। आकस्मिक समय लिएर सांसदहरूले बोलेपछि शून्य समय शुरू भएलगत्तै कांग्रेस र राप्रपाका सांसदले बैठक अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए।

बुधवार पनि सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठन गर्न कांग्रेस र राप्रपाका सांसदले माग गरेका छन्।सभामुखले बैठक सञ्चालनको लागि पटक-पटक आग्रह गरे पनि कांग्रेस र राप्रपाका सांसद बस्न मानेनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्