वनस्पतिको दिगो उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छ : वनमन्त्री सुडी

Nawalkishor_Shah_Sudi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। वनस्पति विभागको ६४ औँ वार्षिकोत्सव तथा २५ औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री साहले वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधारमा जोड दिएका हुन्।

‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नाराका साथ सम्पन्न विभागको वार्षिकोत्सवमा मन्त्री साहले वनस्पति राज्यको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको भन्दै अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी वृद्धि गर्न आवश्यक रहेको बताए। ‘सीमित स्रोतसाधनका बीचमा पनि वनस्पतिको अनुसन्धानका गतिविधि अगाडि बढाइएको छ,’ उनले भने, ‘अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकता दिइ वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्र सुधारमा योगदान बढाउनुपर्छ।’

मन्त्रालयका सचिव डा दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। वनभित्रको जडीबुटीलाई औषधिका रुपमा प्रयोग बढाएर जडीबुटीका माध्यमबाट अर्थतन्त्र सुधारमा लाग्न आवश्यक रहेको उनको भनाइ थियो।

विभागका महानिर्देशक डा सञ्जिवकुमार राईले मानव स्रोत विकासमा पर्याप्त लगानीको आवश्यकता रहेकामा जोड दिएका छन्। वनस्पति विभागले स्थापनाकालदेखि नै वनस्पतिक स्रोतको पहिचान, सदुपयोग एवं प्रविधि विकास गरी आर्थिकरुपमा समृद्ध राष्ट्र निर्माणमा आफूलाई समर्पित गरेको छ। नेपालमा वनस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएका प्राध्यापक डा लोकेश रत्न शाक्यलाई राष्ट्रिय वनस्पति पुरस्कारले सम्मानित गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्