सुनको मूल्य चौबिस सयले बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ। पछिल्लो समय लगातार बढेर मूल्यमा रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको थियो।

बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।अहिले विश्वका विभिन्न केन्द्रीय बैंकहरूले सुनको खरीदारी बढाएका कारण मूल्य बढिरहेको छ।

शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्