मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

Prachanda_KP-Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा शुक्रबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको प्रतिक्रिया दिएका छन्।

प्रमुख विपक्षी नेपाली काँग्रेसले संसद् चल्न नदिएकाले अधिवेशन अन्त्य गरी पछि आह्वान गर्नेबारे छलफल भएको अध्यक्ष ओलीले जानकारी दिए। बिजनेस नपाएर भन्दा काँग्रेसले चल्न नदिँदा अधिवेशन अन्त्य गर्न बाध्यता भएको दाबी उनले गरे।

काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ। आजै मन्त्रिपरिषद् बैठक बस्दै छ।