एमालेले बोलायो पार्टी सचिवालयको बैठक

uml-sachiwalaya pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। बैठक आउँदो वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने उनले बताए। गौतमले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेश गर्ने साङ्गठनिक र राजनीतिक प्रतिवेदनहरूको विषयमा बैठकमा छलफल हुन्छन्। त्यसबाहेक पछिल्ला समसामयिक विषयमा पनि सामान्य छलफल भइहाल्छन्।’

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ। उक्त बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने बताइएको छ। बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्