मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

Nepal-Cricket-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। एसिसि प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन्।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा छन्। त्यस्तै बेन्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छन्। आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्