कांग्रेसले रास्वपाको अस्तित्वलाई स्वीकार गर्न सकेन : सचेतक परियार

santosh pariyar pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको बताए। उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई स्वीकार गर्न नसकेको बताए।

सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल, संवाद गरे पनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनले बताए। परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउनका लागि र सदनको काम कारबाही प्रभावकारी बनाउनका लागि चालू अधिवेशन अन्त्य गरेको धारणा बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्