चालु अधिवेशन सोचेअनुरूप चल्न सकेन : नेता सापकोटा

Madhav_Sapkota
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं सांसद माधव सापकोटाले सोचअनुरूप प्रभावकारी ढंगबाट चालु विधेयक अधिवेशनलाई सञ्चालन गर्न नसकिएको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘विधेयकभन्दा राजनीतिक विषयले नै बढी प्राथमिकता प्राप्त गर्‍यो। आउने अधिवेशनमा यसको बोझ बोक्नुपर्छ जस्तो देखिन्छ।’ प्रतिपक्षले सरकारको आलोचना गर्ने धर्म भएकाले त्यो धर्म पूरा गरेको बताउँदै नेता सापकोटाले संवैधानिक हिसाबले पनि सात गतेभित्र अन्त्य गर्नुपर्ने अवस्था हुने बताए।

नेपाली काँग्रेसका तर्फबाट निरन्तर अवरोध भएपछि केही दिन पर्खनु र नपर्खनुको औचित्य नभएपछि आजै अन्त्य गरिएको जनाउँदै नेता सापकोटाले सदनमा दैनिक जुहारी, अवरोधको रडाको देखाएर जनतालाई निराश बनाउनुभन्दा अन्त्य भएको ठिकै रहेको प्रतिक्रिया दिए। उनले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबीचमा राजनीतिक संवाद गरेर आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्ने विचार प्रकट गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्