वैवाहिक बलात्कारका आरोपी निलम्बित न्यायाधीश गिरी कारागार चलान

Bhuwan-Giri pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले गिरीलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो।

२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए। सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन्।

कपिलवस्तु जिल्ला अदालतका तत्कालिन न्यायाधीश गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्