म्यान्मारमा रकेट आक्रमण : ४ जनाको मृत्यु

लोकपाटी न्यूज
0 Shares

एजेन्सी। म्यान्मारमा रकेट आक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ। रकेट आक्रमणमा १२ जना घाइते भएका छन्। म्यानमारको माण्डाले क्षेत्रको पिनउ शहरमा राति आतंकबादीको समुहले ११ वटा रकेट प्रहार गरेको बुझिएको छ।

उक्त शहरको अस्पताल, होटल र गुम्बालाई निशाना बनाइ गरिएको आक्रमणका कारण सो शहरका अधिकांश भवनहरु ध्वस्त भएका छन्। रकेट आक्रमणको समय सर्वसाधारणबीच भागदौड मच्एिको थियो। आक्रमणका कारण दुई जना बौद्ध भिक्षु र एक स्थानीय गरी ४ जनाको मृत्यु भएको हो।

आक्रमणका घाइते भएकाहरु सबै अस्पतालका बालबालिका, बिरामी र कर्मचारी रहेका छन्। यसैबीच आतंककारीहरुको पहिचानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्