सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कति ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्