आर्थिक विकासको नेतृत्व काँग्रेसले गर्नुपर्छ : नेता सिंह

PrakashMan_Sighn
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाली काँग्रेस काठमाडौं महानगरपालिका-१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी छ भने।

‘काँग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व काँग्रेसले गर्नुपर्छ,’ उनले भने।