शर्मा र अधिकारी सचिव पदमा बढुवा

Cabinet_Mantriparisad_NEW
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले नेपाल प्रशासन सेवा र नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा क्रमशः केदारनाथ शर्मा र बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त तथा बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ। बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको मन्त्री शर्माले जानकारी दिइन्।