सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीनको मृत्यु

accident_
लोकपाटी न्यूज
0 Shares

चौतारा। सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा परी मृत्यु हुने तीन जना भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतीका रहेका छन्। ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन्।

एक जना बसले च्यापिएको अवस्थामा रहेका छन्। दुर्घटनामा बेहुलासहित ५४ जना घाईते भएका थिए। घाइते मध्ये शरीरका विभिन्न अंगमा गहिरो चोटपटक लागेका २७ जना गम्भीर घाईतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्