श्रीलंकामा मोटर रेस दुर्घटना, सात जनाको मृत्यु

car-race-pic
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। श्रीलंकामा आयोजना गरिएको मोटर रेसको समयमा एउटा कार ट्रयकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीया बालिकासहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका छन्।

श्रीलंकाको दियातलावा शहरमा आयोजना गरिएको उक्त रेसका क्रममा भएको दुर्घटनामा १८ जना घाइते भएका छन्। दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

श्रीलंकाको सेनाले आयोजना गरेको यो रेस अवलोकनका लागि एक लाख मानिस सहभागी भएको बेला दुर्घटना भएको हो। दुर्घटनालगत्तै दर्शकदीर्घा माझ भागदौड मच्चिएको थियो। घटनालगत्तै रेस कार्यक्रम स्थगित गरिएको थियो। घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्