बुद्ध बाल क्लबको अध्यक्षमा पुष्पाञ्जली

budha s
लोकपाटी न्यूज
0 Shares

बागलुङ। बुद्ध आधारभूत विद्यालय, तमानखोला गाउँपालिका-१, स्याउलामा क्रियाशील बुद्ध बाल क्लब पुनर्गठन भएको छ। पुष्पाञ्जली सिउतानी मगरको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा धन बहादुर बिक, सचिवमा ओमकुमारी राम्जाली (सपना), कोषाध्यक्षमा मनमाया रसाइली र सहसचिवमा श्यामकुमार बिक सर्वसम्मत चयन भएका छन्।

समितिका सदस्यहरूमा प्रेमसागर बि क, ओम प्रसाद सिर्पाली, खगेन्द्र रसाइली र पुनम रसाइली रहेका छन्। क्लबको संरक्षकमा प्रधानाध्यापक नन्द प्रसाद घर्ति मगर र शिक्षक संयोजकमा कविन्द्र सिउतानी रहेका छन्। क्लबले पाक्षिक रूपमा ‘बुद्ध’ आवाजू नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ।

नवनियुक्त पदाधिकारीलाई क्लबको संरक्षकमा प्रधानाध्यापक नन्द प्रसाद घर्ति मगरले अबिर लगाइदिएका थिए। प्रअ घर्ति मगरका अनुसार बैशाख २६ गते विश्व रेड्क्रस दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन, विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने विद्यालयको योजना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्