औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

लोकपाटी न्यूज
0 Shares

धादिङ। रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो।

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए। गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन।

राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ। धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्