लमजुङको भुजुङमा भाइरल गोर्खे को शुभ मुहुर्त

pic-ooooo
लोकपाटी न्यूज
0 Shares

लमजुङ। कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खेु’ को शुभ मुहुर्त गरिएको छ। लमजुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन्।

शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ। शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाईएको बताए।

नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए। सामान्य कथालाई उत्कृष्ट ढंगले बुनिएको भन्दै दर्शकले चलचित्र रुचाउने उनको विश्वास छ।

कलाकार लक्ष्मी गिरीले चलचित्र रमाइलो बन्ने बताइन्। सामाजिक संजालको दुरुपयोगले समाजमा पार्ने असर र सदुपयोगको फाइदालाई चलचित्रमा उतार्न खोजिएको उनको भनाइ थियो। चलचित्रमा सौगात र लक्ष्मी आमा छोराको भूमिकामा छन्।

चलचित्रमा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका छ। लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ। द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लमजुङक भुजुङ गाउँमा हुनेछ। साथै गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्