अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुकको हित गर्दैन : नेता पौडेल

Pradip_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखेका छन्।

लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे।

नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अवलम्बन भने हुन सकेको छैन।’