सामुदायिक एवं निजी विद्यालयले अनावश्यक शुल्क असुलेको भन्दै अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकद्वारा ध्यानाकर्षण

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले जिल्लाभित्र रहेका सामुदायिक एवं निजी विद्यालयले अनावश्यक शुल्क असुलेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकका अध्यक्ष निश्चल सन्जेलद्वारा बुधबारी जारी विज्ञप्तिमा सामुदायिक एवं निजी विद्यालयका यस्ता क्रियाकलापप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो।

नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य एवं निःशुल्क व्यवस्था गरेको छ, विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म र भावना विपरीत अनधिकृत रुपमा उठाइएको शुल्क तत्काल फिर्ता गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछ। ’

सङ्गठनको अनुरोध र मागलाई बेवास्ता गरे यसको विरुद्धमा अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक कडा सङ्घर्षमा उत्रने विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्