नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

logo_uml_chitwan_11th_pic
लोकपाटी न्यूज
0 Shares

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ। आगामी १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ।

सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ। लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ। उक्त लोगोमा नेपाली र अंग्रेजी दुबै भाषामा ११ औं जिल्ला अधिवेशन १०-१२ जेठ २०८१, नेकपा (एमाले), चितवन लेखिएको छ।

अधिवेशनका लागि एक महिना अघिदेखि नै तयारी थालिएको हो। अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने गरी एमाले चितवन लागेको छ। अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ। त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन्।

मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए।अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ।

त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ।

यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय उपसमितिहरु समेत बनाइएको छ। २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए एमालेले प्रत्येक ३/३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्